१५ तस्बिरमा राष्ट्रिय लोक बाजा संग्रहालय

काठमाडौँ । वि.सं. २०५८ सालमा स्थापना भएको राष्ट्रिय लोक बाजा संग्रहालयले नेपालको साङ्गीतिक क्षेत्रको मात्र नभई सांस्कृतिक क्षेत्रको विविधता पनि झल्काउँछ ।

स्थापना कालदेखि लोक बाजा सङ्गृहीत गर्दै आएको यस संग्रहालय शुरुमा काठमाडौँको भद्रकालीमा रहेको थियो । त्यहाँ ठाउँ साँघुरो हुन थालेपछि यो संग्रहालय ०६४ सालमा त्रिपुरेश्वर सारियो र अहिले सम्म यही छ ।

यहाँ नेपालमा प्रचलनमा रहेका ६ सय ५५ प्रकारका लोक बाजाहरू सङ्गृहीत छन् । नेपालमा बसोबास गर्ने विभिन्न जातजातिहरू र धर्मावलम्बीहरूले आफ्नो जन्मदेखि मृत्यु सम्म हुने हरेक घटनाक्रममा बजाउने गरेको बाजाहरू संग्रहालय देख्न सकिन्छ ।

संग्रहालय हेर्नको लागि नेपाली पर्यटकलाई १ सय, विद्यार्थीलाई ५० र विदेशी पर्यटकलाई १ हजार शुल्क राखिएको संग्रहालयका प्रमुख राम प्रसाद कँडेल बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *