‘नीति ल्याउने, कार्यक्रम नल्याउने’ परम्परा ताेड्दै समर्थनयाेग्य बजेट आएकाे छ : सांसद राई (भिडिओसहित)

काठमाडाैँ । सांसद हेमकुमार राई ‘सुरवीर’ले आव २०७९/८० काे बजेट समर्थनयाेग्य आएकाे बताएका छन् । बुधबार संसद्‌मा बजेटमाथि भएकाे सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद राईले यस्ताे बताएका हुन् । ‘याे बजेट समर्थनयाेग्य छ, यसका लागि म अर्थमन्त्रीलाई धन्यवाद पनि दिन्छु,’ सांसद राईले भने, ‘जुन अवस्थामा याे बजेट आएकाे छ । अर्थतन्त्र शिथिल भएकाे परिस्थितिमा आएकाे याे बजेटले देशलाई समृद्धतर्फ लान निश्चय नै सहयाेग गर्नेछ ।’

बजेटले मुलुककाे अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास सांसद राईकाे छ, उनले भनेका छन्— ‘मुलुककाे अर्थतन्त्रलाई चलायनमा बनाउने, बेराेजगारीकाे अन्य गर्ने, मुलुकलाई समृद्धतर्फ लाने, कृषि उत्पादनलाई प्राथमिकता दिनेलगायतका विशेष कामहरूलाई याे बजेटले प्राथमिकता दिएकाे छ । याे बजेटकाे राम्राे पाटाे हाे । यसलाई सबैले स्वीकार्नुपर्छ ।’

उनले बजेटले विगतका ‘नीति ल्याउने, कार्यक्रम नल्याउने’ परम्परालाई ताेडेर राम्राे सुरुवात गरेकाे बताए । ‘विगतकाे नीति ल्याउने/बनाउने तर कार्यक्रमचाहिँ नबनाउने/नल्याउने परम्पराकाे अन्त्य गर्दै याे बजेट राम्राे आएकाे छ,’ उनले भने । तर बजेटकाे कार्यान्वयनमा भने केही चुनाैती देखिएकाे उल्लेख गर्दै त्यसबारे सरकारकाे ध्यानाकर्षण गराए । ‘यसकाे कार्यान्वयनमा भने सबैले ध्यान दिन जरुरी छ,’ उने भने, ‘याे बजेटकाे सफल कार्यान्वयन भयाे भने देश साँच्चै समृद्धतर्फ जान्छ,’ सांसद राईले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *