तनहुँका स्थानीय तहका लागि ४ अर्ब बजेट विनियोजन

काठमाडौँ । तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट रु. चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ ।

४ नगरपालिका र ६ गाउँपालिकालाई सरकारले अन्तर सरकार वित्तीय हस्तान्तरणमार्फत् उक्त रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ । ४ नगरपालिकाका लागि रु. दुई अर्ब ४५ करोड ५७ लाख र ६ गाउँपालिकाका लागि रु. एक अर्ब ८९ करोड ३० लाख बजेट विनियोजन भएको छ ।

भानु नगरपालिकाका लागि चालुतर्फ रु. ५२ करोड ७३ लाख र पुँजीगततर्फ रु. पाँच करोड नौ लाख गरी कूल रु. ५७ करोड ८२ लाख, भिमाद नगरपालिकाका लागि चालतुर्फ रु. ३९ करोड ६१ लाख र पुँजीगततर्फ रु. चार करोड ९७ लाख गरी कूल रु. ४४ करोड ५८ लाख, व्यास नगरपालिकाका लागि चालुतर्फ रु. ७१ करोड ३९ लाख र पुँजीगततर्फ रु. १४ करोड ३८ लाख गरी कूल रु. ८५ करोड ७७ लाख र शुक्लागण्डकी नगरपालिकाका लागि चालुतर्फ रु. ४८ करोड २३ लाख र पुँजीगततर्फ रु. नौ करोड १७ लाख गरी कूल रु. ५७ करोड ४० लाख विनियोजन भएको छ ।

आँबुखैरेनी गाउँपालिकाका लागि चालुतर्फ रु. २५ करोड ३४ लाख र पुँजीगततर्फ रु. तीन करोड एक लाख गरी कूल रु. २८ करोड ३५ लाख, ऋषिङ गाउँपालिकाका लागि चालुतर्फ रु. ३२ करोड ८३ लाख र पुँजीगततर्फ रु. एक करोड ८१ लाख गरी कूल रु. ३४ करोड ६४ लाख, घिरिङ गाउँपालिकाका लागि चालुतर्फ रु. २४ करोड ९६ लाख र पुँजीगततर्फ रु. तीन करोड ८१ लाख गरी कूल रु. २८ करोड ७७ लाख विनियोजन भएको छ ।

देवघाट गाउँपािलकाका लागि चालुतर्फ रु. २८ करोड ६४ लाख र पुँजीगततर्फ रु. दुई करोड ८६ लाख गरी कूल रु. ३१ करोड ५० लाख, म्याग्दे गाउँपालिकाका लागि चालुतर्फ रु. २७ करोड ७९ लाख र पुँजीगततर्फ रु. चार करोड ७४ लाख गरी कूल रु. ३२ करोड ५३ र बन्दीपुर गाउँपालिकाका लागि चालुतर्फ रु. २७ करोड ४९ लाख र पुँजीगततर्फ रु. छ करोड दुई लाख गरी कूल रु. ३३ करोड ५१ लाख बजेट विनियोजन भएको छ ।

आर्थिक वर्ष २०७९-०८० का लागि जिल्लाका दश स्थानीय तहलाई उक्त बजेट विनियोजन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *