कन्सर्ट गर्दागर्दै बिरामी परेका चर्चित गायक केकेको निधन

काठमाडौँ । बलिउडका चर्चित गायक कृष्णकुमार कुननाथ (केके) को मंगलबार अबेर राति कोलकातामा निधन भएको छ । उनी केके केकेको नामले चिनिन्थे ।

५३ वर्षका केकेको कोलकोताको एक कलेजको कार्यक्रममा सहभागी हुन आएका थिए । कार्यक्रममा नै उनले स्वास्थ्य बिग्रँदै गएको बताएका थिए । कार्यक्रमबाट फर्किनेक्रममा उनी बेहोस भएको र उनलाई निजी अस्पताल लगिएको थियो । त्यहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।

केकेले धेरै बलिउड फिल्मका लागि गीत गाएका छन् । ‘हम दिल दे चुके सनम’ मा उनले गाएका ‘तडप तडप के इस दिल से…’ र ‘ओम शान्ति ओम’ मा ‘आँखों मे तेरी…’ लाई दर्शकले राम्रै रुचाएका थिए । उनले फिल्म ‘हम दिल दे चुके सनम’ बाट बलिउडमा पार्श्व गायकको रुपमा आफ्नो क्यारियर सुरु गरेका थिए । केके प्रख्यात गायक र संगीतकार किशोर कुमारका छोरा अमित कुमारसँग नजिक थिए ।

केकेको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्- ‘केके भनेर चिनिने गायक कृष्णकुमार कुननाथको आकस्मिक निधनले दुःखी भएको छु । उनका गीतहरूले फरक-फरक भाव राखेका छन् र उनका गीतहरूले सबै उमेर समूहका मानिसको मन छोएका छन् । उनका परिवार प्रशंसक गीतमार्फत सम्झिनेछन् ।’

बलिउडका अन्य कलाकारले समेत उनको निधनका दु:ख व्यक्त गरेका छन् । केकेका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा नकुल र छोरी तमारा पनि सांगीतिक क्षेत्रमै सक्रिय छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *