हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक रिमेक ‘लालसिंह चड्डा’को ट्रेलर सार्वजनिक

काठमाडौँ । हलिउड फिल्म ‘फरेस्ट गम्प’को आधिकारिक हिन्दी रिमेक ‘लालसिंह चड्डा’को ट्रेलर सार्वजनिक भएको छ।

बलिउडका चर्चित एवं लोकप्रिय अभिनेता आमिर खानद्वारा निर्मित बहुप्रतिक्षित फिल्म ‘लालसिंह चड्डा’को ट्रेलर हिजो आइतबार सार्वजनिक भएको हो। फिल्ममा निर्माता आमिर खान स्वयं नै मुख्य भूमिकामा देखिएका छन् भने आमिरसँगै करिना कपुर पनि मुख्य भूमिकामा देखिने ट्रेलरले बताएको छ। फिल्म ‘लालसिंह चड्डा’मा अमेरिकी फिल्म ‘फरेस्ट गम्प’को कथाको सार लिई त्यसलाई हिन्दीकरण गरिएको ट्रेलरबाट बुझ्न सकिन्छ।

सामान्यभन्दा केही फरक देखिने एक साधारण मान्छेको संघर्षको कथालाई फिल्ममा समेटिएको छ। असामान्य हुँदा समाजले गर्ने टीकाटिप्पणी र जीवनमा आइलाग्ने उतारचढावहरू लालसिंह चड्डाको भूमिकाबाट फिल्मले पस्किन खोजेको छ।

अगस्ट ११ मा प्रदर्शनमा आउने बताइएको फिल्मको निर्देशन अद्भैत चन्दनले गरेका छन् भने पटकथामा अतुल कुल्कर्नीले काम गरेका छन्। त्यस्तै, फिल्ममा आमिर र करिनासँगै मोना सिंह, नागा चैतन्य, नेगर खानको अभिनयन देख्न पाइन्छ भने फिल्ममा अभिनेता शाहरुख खानले पनि क्यामियो रोल गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *