हराएको जहाजमा रहेका मध्ये ४ जना एकै परिवारका सदस्य

काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडेर मुस्ताङको लेते क्षेत्रमा बेपत्ता भएको तारा एयरको टुइन अटर जहाजमा सवार यात्रु मध्ये ४ जना एकै परिवारका सदस्य रहेको खुलेको छ ।

गोरखाको शहदि लखन गाउँपालिका तीनमानेका स्थानीय रहेको खुलेको छ । उक्त स्थानका गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजीना श्रेष्ठ एकै परिवारका यात्रु रहेका हुन् ।

बाबू गणेश, आमा रश्मी र उनीहरूका छोरीहरू रविना र रोजीना रहेका छन् । दुवै छोरीहरु केही समयअघि अमेरिकाबाट नेपाल आएका थिए । उनीहरू मुक्तिनाथ तीर्थ यात्रामा निष्किएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *