टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्बिरहरू)

काठमाडौँ । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहेका छन् ।

सरकारले काठमाडौँको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ । पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 4 =