च्याम्पियन्स लिग

लिभरपुललाई हराउँदै रियल म्याड्रिड च्याम्पियन

काठमाडाैँ । रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति सम्पन्न खेलमा रियल म्याड्रिडले लिभरपुललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको खेलमा रियल म्याड्रिडका लागि खेलको ५९औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेका थिए । खेलमा लिभरपुलले गरेको लगातार ९ प्रहारलाई रियल म्याड्रिडका गोलकिपर टिबाउट कोर्टोइसले बचाएका थिए ।

रियल म्याड्रिडले योसहित १४औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । रियल म्याड्रिडले पछिल्लो पटक २०१८ मा लिभरपुललाई नै हराएर च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने यस सिजनमा पनि लिभरपुललाई नै पराजित गरेर च्याम्पियन्स लिगको उपाधि जितेको हाे ।

२०१९ मा पछिल्लो पटक च्याम्पियन्स लिगको उपाधि जितेको लिभरपुल भने यस पटक उपविजेता बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *