नारायणगढ–मुग्लिन सडकमा सुख्खा पहिरो, एकजना घाइते

चितवन। चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ नाग्दी खोलानजिकै नारायणगढ मुग्लिन सडक खण्डमा केहीबेर अघि मात्रै सुख्खा पहिरो खसेको छ।

सुख्खा पहिरो खसेर नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ भने पहिरोमा परी एकजना गाडीचालक घाइते भएका छन्। पहिरो खस्दा केही सवारी साधनमा क्षति पुगेको छ। पहिरोले पुरिएर एकजना हाइसचालक घाइते भएका र उनको नाम-ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइते चालकको उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ। प्रहरीले सडक खुलाउन प्रयास गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *