इन्धनमा निरन्तर मूल्यवृद्धि भइरहनुमा राष्ट्रिय बहसको आवश्यकता होः गिरीराजमणी पोखरेल

काठमाडौँ । आज शनिबारको प्रतिनिधिसभा बैठकमा पूर्व शिक्षामन्त्री गिरीराजमणी पोखरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा सरकारको गम्भीर ध्यानाकर्षण हुन आवश्यक भएको औंल्याएका छन्।

निती तथा कार्यक्रम २०७९ को विश्लेषण गर्दै पूर्वमन्त्री एवं माओवादी केन्द्रका सांसद पोखरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि दिर्घकालीन समस्या भएको बताएका हुन्। नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि भइरहनुमा आयल निगमको एकाधिकार, खर्चालुपन र चुहावट मुख्य कारण रहेको औंल्याउँदै यसतर्फ सरकारको ध्यान जान अत्यन्तै आवश्यक रहको पोखरेलको भनाइ छ। यसबारे राष्ट्रिय बहसको आवश्यकता भएको पनि उनले बताए।

त्यसैगरी, भारतसँग मूल्यमा समायोजन र आयल निगमको खर्च घटाउनुपर्ने र सार्वजनिक सेवालाई निजीकरण गर्न नहुने पनि पोखरेलले बताएका। अन्त्यमा पेट्रोलियम पदार्थको खपत घटाउने बाहेक अन्य कुनै विकल्प नभएको पोखरेलले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *