च्याम्पियन्स लिग फाइनल आज, रियल म्याड्रिड र लिभरपुल भिड्दै

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनल खेल आज राति हुँदैछ । फ्रान्सको पेरिसमा हुने फाइनलमा स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ ।

खेल पेरिसमा राति १२ः४५ बजे शुरु हुनेछ । यो च्याम्पियन्स लिगको फाइनल २०१८ को च्याम्पियन्स लिग फाइनल दोहोरिएको छ । २०१८ मा पनि रियल र लिभरपुल फाइनलमा खेलेका थिए । सो खेलमा रियल विजयी भएको थियो ।

लिभरपुलले यस पटक २०१८ को बदला लिने तयारीमा छ भने उत्कृष्ट लयमा रहेको रियल म्याड्रिडले लिभरपुललाई पराजित गर्दै उपाधि जित्ने लक्षमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *