‘साताका सात’ तस्बिर

पुराना पुस्तकहरू
काठमाडौँको भृकुटीमण्डपमा बेच्न राखिएको पुराना पुस्तकहरू । आफूलाई काम लाग्ने अनि सस्तोमा पाइने भएकोले पुस्तक किन्ने ग्राहकहरू सजिलै पाइन्छन् ।

साँझको जाम
प्राय साँझको समय काठमाडौँको सडक जाम हुनु कुनै नौलो विषय हैन । हरेक साँझ सडक प्रयोगकर्ताले दिनहुँ भोग्ने समस्या मध्यको एक हो यो । बागबजारको आकासेपुलबाट खिचिएको दृश्य ।

घुम्ती व्यापार
आजकाल काठमाडौँ वरपरका पार्क तथा मानिसहरू जम्मा हुने सार्वजनिक स्थलहरूमा यस्ता घुम्तीपसल धेरै देख्न सकिन्छ । कम लगानी र व्यापार बढी हुने हुँदा घुम्ती व्यापारमा मानिसहरूको आकर्षण बढिरहेको छ ।

बालेनका समर्थक
काठमाडौँ महानगरको मतगणना स्थल, राष्ट्रिय सभागृहअघि जम्मा भएका बालेनका समर्थकलाई रोक्दै प्रहरी ।

केएमसी अस्पतालको ‘एनआइसीयु’
जन्मँदा तौल कम भएका नवजात शिशुलाई केएमसी शिक्षण अस्पतालले आफ्नो अत्याधुनिक एनआइसीयु सेवा मार्फत उपचार दिँदै आइरहेको छ । त्यहाँको एनआइसीयु सेवा नेपाल मै सस्तो रहेको अस्पताल प्रशासनको दाबी छ ।

जितमा साथ
काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जित सुनिश्चित भएसँगै उनको समर्थनमा मतगणना स्थान आएका समर्थकहरू ।

बस्तीको बिच उभिएको बौद्ध
काठमाडौँको जगडोलबाट खिचिएको बौद्धनाथ क्षेत्र । उहिले खुल्ला रहेको यो विश्व सम्पदा क्षेत्र, अहिले भने बाक्लो बस्तीले घेरिन थालिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *