सरकारको विदेश सम्बन्धमाथि प्रश्न

काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष ओलीले वर्तमान सरकारको कूटनीतिक सन्तुलन कायम नराखेको भनी प्रश्न उठाएका छन् ।

नेपालको संविधानमै सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने भन्ने रहेकोमा वर्तमान सरकारले कुनै एक देशको पक्षमा लागेको भास हुने गरी गतिविधि गर्न थालेको ओलीको आरोप छ ।

खासगरी ओलीले अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी उपमन्त्री उज्रा जियाको नेपाल भ्रमणलाई लिएर प्रश्न उठाएका हुन् । उपमन्त्री उज्रा जियालाई नेपालस्थित तिब्बती शरणार्थी क्याम्पमा पुर्‍याएर शरणार्थीहरूलाई उक्साउने काम नेपाल सरकारले गरेको आरोप ओलीको छ ।

‘अमेरिकी विदेश मन्त्री नेपाल आउनु भयो । सरकारले घुमायो र नेपाल सरकारले शरणार्थी क्याम्पमा पु¥याएर फ्रि तिब्बतको विषयलाई उठाउन मद्दत गर्‍या’ ओलीले भनेका छन् ।

संविधानमा नै सन्तुलित परराष्ट्र नीति र नेपालको भूमि कुनै पनि देशका विरुद्ध प्रयोग हुन नदिने वाचा सरकारले भुलेको भन्दै उनले थपे, ‘तर, सरकारले संविधान विपरीत सन्तुलित कूटनीति उल्लंघन ग¥यो । यो आपत्तिजनक छ ।’

प्रधानमन्त्री ओलीले सांसदहरूलाई संसद्मा र सार्वजनिक रूपमा समेत सरकारको कूटनीतिक असन्तुलनको विषय उठाउन निर्देश गरेका छन् । एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सरकारको विदेश सम्बन्धका व्यवहारमाथि प्रश्न उठाउनैपर्ने भएर बोलिएको प्रष्टीकरण दिएका छन् ।

‘सरकारलाई सच्याउनु प्रमुख विपक्षीको दायित्व हो’ ज्ञवाली थप्छन्, ‘सरकारको व्यवहार अमेरिकातिर ढल्के जस्तो हुनु भएन नि । त्यस्तो नहोस् भन्नका लागि प्रतिपक्षको हैसियतमा सचेत गराउन मात्रै खोजिएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *