‘राजनीतिमा नैतिकताकाे खडेरी लागेकाे बेलामा रवीन्द्रकाे राजीनामाले ठूलाे पाठ सिकाएकाे छ’

अब पार्टी कसरी अगाडि बढ्छ ?

काठमाडाैँ । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रकाे राजीनामाबाट अन्य दलहरूले सिक्नुपर्ने बताएका छन् । अध्यक्ष मिश्रले राजीनामा दिएपछि मकालुखबरसँग कुराकानी गर्दै प्रवक्ता पाठकले भने, ‘नेपालकाे राजनीतिमा नैतिकताकाे खडेरी लागेकाे छ । याे अवस्थामा उहाँकाे राजीनामा एउटा गन्न नछुटाइने राजीनामा हाे । यसबाट दलहरूले सिक्नुपर्छ । हाम्राे पार्टीमा नैतिकता भन्ने कुरा हराएकाे छैन ।’

इमानकाे राजनीतिकाे सन्दर्भमा अध्यक्ष मिश्रकाे नाम सीमित व्यक्ति/नेताहरूकाे सूचीमा आउने उनकाे भनाइ छ । ‘मूल जिम्मेवारी आफैँ लिँदै अध्यक्ष पदबाट राजीनामा गर्ने उहाँकाे निर्णय उहाँकै नेतृत्वमा विवेकशील साझा पार्टीले स्थापित गर्न खोजेको सु-संस्कार र मूल्यमान्यताको राजनीतिको मार्गमा एउटा कोशेढुङ्गाका रूपमा दर्ता हुनेछ । इमानको राजनीतिको सन्दर्भमा स्मरण गर्दा रवीन्द्र मिश्रको नाम सीमित व्यक्तिहरूको सूचीमा आउने छ,’ उनले थपे ।

अध्यक्ष मिश्रले बुधबार दिउँसाे पार्टीकाे केन्द्रीय अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले पार्टीलाई स्थानीय तह सदस्यकाे निर्वाचनमा अपेक्षाकृत नतिजा दिलाउन नसकेकाे भन्दै राजीनामा दिएका हुन् ।

अब पार्टी कसरी अगाडि बढ्छ ?

प्रवक्ता पाठककाअनुसार अब पार्टीकाे केन्द्रीय समितिकाे बैठक बसेर ‘कसरी अगाडि जाने’ भन्नेबारे निष्कर्षमा पुग्नेछ । ‘अब पार्टीकाे केन्द्रीय समितिकाे बैठक बस्छ र हामी अगाडि बढ्छाैँ,’ उनले भनेका छन् ।

♦ याे पनि:
   रवीन्द्र मिश्रले दिए विवेकशील साझाकाे अध्यक्ष पदबाट राजीनामा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *