जित पक्का भएपछि बालेनले भने- धेरै मत ल्याएकाे हाे बहुमत हाेइन, विजय र्‍याली/जुलुस नगराैँ

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाकाे मेयरमा निर्वाचित हुने पक्का भएपछि बालेन्द्र (बालेन) साहले विजय र्‍याली तथा जुलुस नगर्न अनुराेध गरेका छन् । उनले भनेका छन्, ‘जित-हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ,’ बालेनले भनेका छन् ।

उनले जित्नेले बहुमत ल्याएकाे नहुने स्पष्ट पारेका छन् । ‘यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । हाम्रो स्वयम्‌ले पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरूले अरुलाई छनौट गर्नुभएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनुपर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ,’ उनले भनेका छन् ।

♦ याे पनि:
   बालेनकाे जित पक्का : गन्न बाँकी १९ हजार, मतान्तर २० हजार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *