तयारी नपुगेको भन्दै ४ महिना पर सारियो नवौं राष्ट्रिय खेलकुद

काठमाडाैँ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति करिब चार महिना पछि सरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै नवौं राष्ट्रिय खेलकुद सरेको जनाएको छ । अब नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुनेछ ।

यस अघि नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुने तालिका रहेको थियो । सरकारको मन्त्रिपरिषद् बैठकले नवौं खेलकुद सार्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले जानकारी दिए ।

उनले प्रतियोगिता आयोजनाका लागि तयारी नपुगेको कारण नवौं राष्ट्रिय खेलकुदको मिति सारिएको बताए । नवौंसँग सबन्धित बजेट कार्यन्वयनको अवधि नपुग्ने भएको र फास्ट ट्रयाकबाट गर्न खोज्दा सार्वजनिक खरिद ऐन पालना गर्दा समय अपुग हुने देखिएको बताए ।

नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ । यस्तै दुई प्रर्दशनी खेलको रूपमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *