दशरथ रंगशालामा शनिबार हुने भनिएको सलमान खानको कार्यक्रम स्थगन

काठमाडौँ । दशरथ रंगशालामा आउदो शनिबार हुने भनिएको बलिउड अभिनेता सलमान खान सहितको सांगीतिक कार्यक्रम स्थगन गरिएको छ ।

स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा परेको प्रभाव र वर्षात्‌का कारण हाललाई कार्यक्रम स्थगन गरिएको आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङका बताएका छन् ।

कलाकारलाई पारिश्रिमक, लाइट, साउन्ड, स्टेजलगायतको खर्चमा नेपाली आयोजकले हालसम्म कम्तिमा ८ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ । सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतको टिम नेपाल आउने प्रचार गरिएको थियो ।

आयोजकले कार्यक्रममा प्रवेशका लागि दर्शक ५ हजार, १०, १५ २५ हजारको टिकट समेत बिक्रि गरेको छ ।

भारतीय कलाकारहरुसँग छलफल गरेर अर्को मिति तय गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *