सरकारकाे घाेषणा- पेट्रोलियम पदार्थको मूल्य नघटाउने, स्वचालित नीति लिने

काठमाडाैँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित नीति लिने भएको हाे । मंगलबार संघीय संसद्‌‌काे दुवै सदनसमक्ष नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसबारे बताएकी हुन् । ‘पेट्रोलियम पदार्थमा नियमित तथा सहज तथा लागतप्रभावी बनाइनेछ’, उनले भनिन्, ‘पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित बनाइनेछ ।’

पेट्रोलियम पदार्थको मूल्य बढेकोमा चौतर्फी विरोध भइरहँदा सरकारले नीति तथा कार्यक्रममार्फत स्वचालित मूल्यको आधारमा मूल्य निर्धारण गर्ने उल्लेख गरेको हो।

उपत्यकामा चार इभाकुएशन पार्क बनाउने 

सरकारले काठमाडाैँ उपत्यकामा चार स्थानमा इभाकुएशन पार्क बनाउने भएको छ । यसकाे घाेषणा नीति तथा कार्यक्रममार्फत गरिएकाे छ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘काठमाडाैँ उपत्यकाका चार स्थान र सबै प्रदेशका ठूला सहरमा विपद् लक्षित इभाकुएशन पार्क निर्माण गरिनेछ ।’

आव २०८०/८१ देखि निजगढ विमानस्थलको निर्माण थालिने

सरकारले आर्थिक वर्ष २०८०/८१ बाट निगजढ विमानस्थल निर्माण शरू गर्ने भएकाे छ ।

यसका लागि आगामी आव २०७९/८० मा लगानी तथा निर्माणको ढाँचा टुंगो लगाइने राष्ट्रपति भण्डारीले जानकारी दिइन् । नीति तथा कार्यक्रमअनुसार यस आवमा निर्माण सम्पन्न भएका क्षेत्रीय विमानस्थलको सञ्चालनमा ल्याइने छ ।

♦ याे पनि:
   सरकारकाे घाेषणा- २ वर्षभित्र भूमिहीन र सुकुम्बासीकाे समस्या समाधान

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *