कान्स रेड कार्पेटमा देखिएमध्ये १५ उत्कृष्ट पहिरनमा सुरक्षा पन्तको ‘रेड गाउन’पनि

काठमाडौँ । कान्स फिल्म फेस्टिभल २०२२ को ‘रेड कार्पेट’ मा नेपालकी लोकप्रिय अभिनेत्री सुरक्षा पन्तको ‘रेड गाउन’ उत्कृष्ट १५ पहिरत मध्ये पर्न सफल भएको छ।

नेदरल्याण्डसको एक फेसन म्यागजिनले २०२२ को कान्स रेड कार्पेटमा विश्वभरिबाट देखिएका पहिरनमध्ये नेपाली अभिनेत्री सुरक्षा पन्तले लगाएको रेड गाउनलाई पनि १५ उत्कृष्ट पहिरनको सूचीभित्र राखेको हो। अभिनेत्री पन्तले तेन्जिङ छेतेन भुटियाले डिजाइन गरेको रेड गाउन ड्रेस लगाएकी थिइन्।

भारतबाट फेसन डिजाइनिङ पढेर आएका डिजाइनर भुटियाले सुरक्षाका लागि कम समयमा आफूले नेपालीपन र फ्रेन्च संस्कृति एकसाथ झल्किने पहिरन बनाउने सोचका साथ डिजाइन तयार पारेको बताएका छन्। सुरक्षाले लगाएको उक्त रेड गाउनमा बनाइएको सातवटा मुजाले नेपालका सात प्रदेशको प्रतिनिधित्व गरेको र रातो रंगले नेपालको राष्ट्रिय झण्डाको प्रतिनिधित्व गरेको डिजाइनर भुटिया बताउँछन्।

सुरक्षाले आफूलाइ नेपालको संस्कृति झल्किने सारी लगाउन समेत इच्छा रहेको बताएकी थिइन्। तर, कान्समा बलिउड सेलिब्रिटीहरू यसअघि पनि सारी लगाइसकेका कारण सारीको सट्टा गाउन नै रोजाइमा परेको उनी बताउँछन्। सँगसँगै फ्रान्समा फ्रेन्च फिल्म (द एट माउन्टेन)को एक अभिनेत्रीका रूपमा जाँदै गर्दा फ्रेन्च संस्कृतिलाई पनि सम्मान गर्दै नेपाली र फ्रेन्चको फ्युजनमा केही गर्नेबारे सोच्दै जाँदा गाउनको डिजाइन फुरेको भुटियाले बताए।

सिल्क फ्याब्रिकमा तयार पारिएको उक्त गाउनको रंग भने अभिनेत्री सुरक्षाकै चयनमा लिइएको हो।
Nepali actress, Surakshya Panta. 
Designer: Tenzin Tseten Bhutia, MUA: Supriya Maskey, Jewellery: theia.trends. Photo: Anjil Maskey
Surakshya Panta becomes the first Nepali to walk on the Cannes Film Festival  red carpet - OnlineKhabar English News
Surakshya Panta in Cannes 2022 - NewsPaleti

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *