बीवाईडी गाडीको ब्रान्ड एमबेस्डरमा हरिवंश आचार्य

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो उद्योग कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स् इन्क प्रालिले वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यलाई आफ्नो ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ । नेपालमा विद्युतीय गतिशीलता पवर्द्धन गर्न दुवै पक्षबीच ७ जेठमा बीवाईडी डिलर मिट २०७९ को अवसरमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको कम्पनीले जनाएको छ ।

‘हालको अवस्थाले ईलेक्ट्रिक भेइकल प्रयाेग बढाउनु पर्ने आवश्यकतालाई स्पष्ट रूपमा चित्रण गरेको छ,’ एम्बेस्डरमा नियुक्त भएपछि कलाकार आचार्यले भने, ‘विश्वव्यापी रूपमा मानिसहरूले इन्धनबाट चल्ने कारहरू प्रभावीकारी नभएको र यो पृथ्वीकै लागि एक ठूलो खतरा भएको महसुस गरिरहेका छन् । सडकमा सफा सवारीहरूको संख्या बढाउने प्रयासमा सामेल हुन पाउँदा म धेरै खुसी छु ।’

जलविद्युत् उत्पादनको सम्भाव्यतासँगै विद्युतको प्रयोग देशको अर्थतन्त्र र दिगोपनमा अत्यावश्यक हुने र राष्ट्रका आम जनतामा यस बारे थप चेतना जगाउन हरिवंश आचार्यले प्रमुख भूमिका निर्वाह गर्ने कम्पनीले जनाएको छ ।

आफ्नो बहुमुखी अभिनयका लागि परिचित हरिवंश आचार्यले आफ्ना सम्पूर्ण कामहरु मार्फत दर्शकहरुलाई अर्थपूर्ण सन्देश र नवीन विचारहरू प्रस्तुत गर्न सफल भएका छन् । धेरै सामाजिक परियोजनामा काम गरी परिवर्तन निर्माताका रुपमा समेत हरिवंश आचार्य परिचित छन् । उनले आजसम्म गरेको काम र उत्कृष्ट जीवनशैलीका लागि प्राविधिक आविस्कारहरु गर्ने बीवाईडीको भिजन मिल्दोजुल्दो रहेको कम्पनीले जनाएको छ ।

ब्रान्ड एम्बेसेडरद्वारा गरिने प्रचार–प्रसारले देशभर अवस्थित नेपालीहरुमा विद्युतीय गतिशीलता र यसका फाइदा बारे चेतना जगाउने र कम्पनीको ब्रान्ड निर्माण गर्न तथा ग्राहकको विश्वास जित्न योगदान पुग्ने कम्पनीले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य निरन्तर आकासिएको, जलवायु र वातावरणीय समस्याको दीर्घकालीन समाधान भनेकै विद्युतीय उत्पादनको क्षमता र उपयोगलाई बढाएर दिगो भविष्यतर्फ अघि बढ्नु भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *