मेचुकाे ‘तिम्रै हुँ म’ गीत सार्वजनिक (भिडिओसहित)

काठमाडाैँ । गायिका मेचु धिमालकाे ‘तिम्रै हुँ म’ गीति भिडिओ सार्वजनिक भएकाे छ । गीत ताकून मुनारी यूट्युब च्यानलमार्फत साेमबार अपराह्न सार्वजनिक गरिएकाे हाे । मेचुकाे स्वरमा रहेकाे गीतकाे शब्द/संगीत राजेन्द्र राईले गरेका छन् ।

गीति भिडिओमा ज्वाला राई र रेखा फागाे लिम्बु फिचर्ड छन् । सेवा रेकर्डिङ्ग स्टूडिओमा रेकर्ड गरिएकाे गीतकाे भिडिओमा देव चाम्लिङकाे काेरियाेग्राफी रहेकाे छ । गीतले दुई फरक लिङ्गीय प्रेमकथाबारे बाेलेकाे छ ।

मेचुले यसअघि पनि थुप्रै गीतहरू ल्याइसकेकी छन् । दिन ढल्दै गयाे, हेर न हेर, कति कठिन, फसायाै नि मिठाे बाेलेर, मैले के बिगारेँ, उड्नु छलगायतका गीतहरू उनका चर्चित गीतहरू हुन् ।

दी भाेईस अफ नेपालमा सहभागी भएपछि चर्चामा आएकी उनले त्यसअघि पनि थुप्रै गीतहरू रेकर्ड गराइसकेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *