१,३५,६९३ गणना हुँदा बालेनलाई ३४ प्रतिशत मत, सिर्जना र केशव हाराहारीमा

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको मतगणना जारी छ । अहिले ९ वडाकाे मतगणना जारी रहेकाे निर्वाचन समितिले जनाएकाे छ । अहिले वडाहरू ९, १०, १३, १४, १५, २०, २१, २२, २६ काे मतगणना जारी रहेकाे हाे ।

समितिकाअनुसार अहिलेसम्म १ लाख ३५ हजार ६ सय ९३ मतगणना भएकाे छ । जसमा अग्रस्थानमा रहेकाे स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले ४६ हजार ४ सय ७६ मत पाएका छन् । याे भने गणना भएकाेमध्ये ३४ प्रतिशत मत हाे ।

यस्तै दाेस्राे स्थानमा रहेकी गठबन्धनकी प्रत्याशी सिर्जना सिंहले २७ हजार ७ सय ९९ मत पाएकी छन् । याे भनेकाे गणना भएकाेमध्ये २० प्रतिशत मत हाे । सिर्जनाले बालेनले भन्दा १४ प्रतिशत कम मत ल्याएकी छन् भने तेस्राे स्थानमा रहेका एमालेका उम्मेदवार केशव स्थापितले १९ प्रतिशत मत ल्याएका छन् । सङ्ख्यामा केशव सिर्जनाभन्दा ९ सय ७ मतले पछि छन् ।

जारी मतगणनामा बालेनले वडाहरू ९, १०, १३, १४ र २६ मा अग्रता लिएका छन् । वडा नं. १५ मा भने सिर्जना अघि छन् । यस्तै वडाहरू २०, २१ र २२ मा स्थापितले अग्रता लिएका छन् ।

यसपटक काठमाडाैँ महानगरपालिकामा १ लाख ६७ हजार मत खसेको थियाे । यसमा १ लाख ३५ हजार ६ सय ९३ मत गणना भइसकेकाे छ । यसअनुसार अब ३१ हजार ३ सय ७ मत गन्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *