ताप्लेजुङमा बाख्रा चराउन गएकी किशोरी मृत फेला

काठमाडौँ । ताप्लेजुङमा बाख्रा चराउन जङ्गल गएकी किशोरी मृत भेटिएकी छन्।

ताप्लेजुङको फुङलिङ नगरपालिका–३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार भट्टराईको भीरबाट लडेर मृत्यु भएको हुनसक्छ।आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी साँझसम्म नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए। बाख्रा मात्रै बाटोमा भेटेपछि सशङ्कित उनीहरूले खोजी गर्ने क्रममा मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयवासीले जनाएका छन्।

थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *