सन र सलाह दुवैलाई गोल्डेन बुट

काठमाडाैँ । इङलिश प्रिमियर लिगको गोल्डेन बुट मोहमद सलाह र सन हेंग मीनले शेयर गरेका छन् । दुवैले यस सिजनमा समान २३/२३ गोल गरेपछि यस सिजनको गोल्डेन बुट शेयर गरेका हुन् ।

प्रिमियर लिगको उपाधिका लागि अन्तिम खेलमा म्यानचेस्टर सिटीले जित हासिल गरे जस्तै यस सिजनमा गोल्डेन बुटको निर्णय पनि अन्तिम खेलबाट भएको थियो । अन्तिम खेलमा मोहमद सलाहले १ गोल गरे भने सनले २ गोल गरेका थिए । अन्तिम खेलपछि दुवैको गोल २३/२३ भयो र गोल्डेन बुट शेयर गरेका हुन् ।

सलाहले यस सिजनमा ३५ खेलमा २३ गोल गरेका हुन् भने सनले पनि ३५ खेलमा २३ गोल गरेका छन् । प्रिमियर लिगमा गोल्डेन बुटको अवार्ड जितेर सनले नयाँ इतिहास बनाएका छन् । उनी यो अवार्ड जित्ने पहिलो एशियन खेलाडी बनेका छन् ।

त्यस्तै यस सिजनमा क्रिस्टियानो रोनाल्डोले १८ गोल गर्दै दोस्रो स्थानमा रहे भने ह्यारी केनले १७ गोल गरेका छन् । त्यसैगरी साडियो मानेले १६, डिओगो जोटा, केभिन डी ब्रुने र जेम्स भार्डीले १५/१५ गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *