उत्कृष्ट कमब्याक गर्दै सिटीले उचाल्यो ईपीएल उपाधि

काठमाडाैँ । म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिगको उपाधि जितेको छ । म्यानचेस्टर सिटीले प्रिमियर लिगको यस सिजनको अन्तिम खेलमा एस्टन भिल्लालाई कमब्याक जित हासिल गर्दै लगातार दोस्रो सिजनको उपाधि जितेको हो ।

म्यानचेस्टर सिटीले २-० गोल अन्तरले पछि परेपछि दोस्रो हाफमा कमब्याक गर्दै खेल जितेको थियो । सिटीले दोस्रो हाफमा पाँच मिनेटमा ३ गोल गरेको थियो ।

सिटीकालागि इके गुनडोगनले खेलको ७६ र ८१औं मिनेटमा गोल गरेका थिए भने रोड्रीले खेलको ७८औं मिनेटमा गोल गरेका थिए । यसअघि एस्टन भिल्लाका लागि माटी क्यास र फिलिप कोटिन्होले एक एक गोल गरेका थिए ।

यो जितपछि सिटीको ३८ खेलमा ९३ अंक भएको छ र प्रिमियर लिगको उपाधि जितेको छ । सिटीले छैटौं पटक प्रिमियर लिगको उपाधि जितेको छ । यस अघि सिटीले २०११-१२ मा पहिलो पटक प्रिमियर लिगको उपाधि जितेको थियो भने २०१३-१४, २०१७-१८, २०१८-१९ र २०२०-२१ मा प्रिमियर लिगको उपाधि जितेको थियो ।

त्यस्तै प्रतिष्पर्धात्मक खेलमा लिभरपुलले वोल्भ्ससँग २-१ गोल अन्तरको जित हासिल गरेपनि यस सिजनमा दोस्रो स्थानमा चित्त बुझाएको छ । लिभरपुलको ३८ खेलमा ९२ अंक रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *