नेपालमा पहिलोपटक ‘अफ्रिकन स्वाइन फिभर’ भेटियो

काठमाडौँ  । नेपालमा पहिलोपटक ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस भेटिएको छ।

भक्तपुरको चाँगुनारायण क्षेत्र, काठमाडौँका कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरी, टोखा, दक्षिणकाली र ललितपुरको गोदावरी नगरपालिका-१२ मा फैलिएको संक्रमणका कारण हालसम्म १ हजार १९ वटा सुँगुरको मृत्यु भइसकेको बताइएको छ।

१ हजार ४ सय २६ वटा शंकास्पद र १ हजार ३ सय ६४ वटा बिरामी फेला परेका छन्। बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बंगुर तथा जंगली बंदेल प्रजातिमा देखा पर्ने भाइरस हो। यो रोग पशुबाट मानिसमा भने सर्दैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *