धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज निर्वाचित

सुनसरी । सुनसरीकाे धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङ निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता किशोर राईलाई ४ हजार ७ सय ६२ मतान्तर हराउँदै हर्कराज मेयरमा निर्वाचित बनेका हुन् ।

साम्पाङ २० हजार ८ सय २१ मतका साथ मेयरमा निर्वाचित बनेका हुन् । उनलाई पछ्याउँदै गरेका किशाेरले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत प्राप्त गरिन् । धरानमा रहेकाे समस्याबारे आजाव उठाउँदै आएका उनले चुनाव चिह्नमा लाैराे पाएका थिए ।

उपमेयरमा भने माओवादी केन्द्रका अईन्द्रविक्रम बेघा निर्वाचित भएका छन् । उनले २० हजार ५ सय १० मत बटुलेका छन् । उनका निकटतम् प्रतिस्पर्धी एमलेका पदमप्रसाद लिम्बुले १७ हजार ६ सय ६ मत ल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *