बालेनले बनाए केशवसँग १६,१२६ काे मतान्तर

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले मतान्तर बढाएका छन् । बालेन ३५ हजार ३ सय ७४ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले १९ हजार २ सय ४८ मत पाएका छन् । याे मतपरिणामअनुसार बालेनभन्दा केशव १६ हजार १ सय २६ मतले पछाडि छन् ।

गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंह १९ हजार ३८ मतसहित तेस्राे स्थानमा छन् । उनी केशवभन्दा पनि १ सय ६५ मतले पछाडि छन् भने बालेनसँग उनकाे मतान्तर १६ हजार २ सय ९१ रहेकाे छ ।

याेसँगै बालेन विजयी हुने सम्भावना बढेकाे छ । अहिलेसम्म १ लाखभन्दा बढी मतगणना भइसकेकाे छ । अब झन्डै ७० हजार मत गन्न बाँकी रहेकाे निर्वाचनका अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *