बालिका बलात्कारको अभियोगमा झापामा म्यादी प्रहरी पक्राउ

२०७९ जेठ ७ गते

काठमाडौँ । आज शनिबार झापामा प्रहरीले बलात्कारको आरोपमा एक म्यादी प्रहरीलाई पक्राउ गरेको छ।
उदयपुर ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेललाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरेको प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २ बाट ड्युटी मा नै रहेको अवस्थामा पक्राउ गरेको हो। उनले गत मंगलबार १४ वर्षीया बालिकालाई सोही वडाको गहते जङ्गलमा लगेर बलात्कार गरेको आरोप छ।
पोखरेल स्थानिय तह २०७९ को निर्वाचनमा झापाबाट म्यादी प्रहरी बनेका हुन्।

२०७९ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित