थुलुङ दुधकाेशीका अध्यक्ष असिमले राज्यबाट प्राप्त सेवा-सुविधाले एमबीबीएस पढाउने

साेलुखुम्बु । जिल्लाकाे थुलुङ दुधकाेशी गाउँपालिका अध्यक्ष असिम राईले अध्यक्षका रूपमा राज्यबाट प्राप्त सबै सेवा-सुविधाले गाउँपालिकाभित्रका एक जेहनदार विद्यार्थीलाई एमबीबीएस पढाउने उद्घाेष गरेका छन् । शुक्रबार दाेस्राेपटक पदभार ग्रहण गर्दै अध्यक्ष राईले यस्ताे उद्घाेष गरेका हुन् । उनले यसलाई ‘अध्यक्षस्तरीय महत्त्वपूर्ण निर्णय’ भनेका छन् । ‘गाउँपालिका अध्यक्षको रूपमा प्राप्त हुने सबै सेवा-सुविधा गाउँपालिकाभित्रका गरिब तथा जेहनदार विद्यार्थी १ जनालाई एमबीबीएस पढाउन खर्च गर्ने,’ उनले भनेका छन् ।

यस्तै उनले गाउँपालिकावासीहरूकाे सहजताका लागि वातावरणमैत्री विद्युतीय बस सेवा सञ्चालन गर्ने बताएका छन् ।

उनले सम्पूर्ण मतदातालाई धन्यवादसमेत भनेका छन् । राई २०७४ सालकाे पहिलाे स्थानीय तह सदस्यकाे निर्वाचनमा पनि यही गाउँपालिका अध्यक्षकाे रूपमा निर्वाचित भएका थिए । उनी पुन: यही गाउँपालिका अध्यक्षमा निर्वाचित बनेका हुन् ।

राईले पहिलाे कार्यकालमै राम्राे काम गरेकाे गाउँपालिकावासीहरूले बताउने गरेका छन् । यसपटक गाउँपालिकावासीहरूकै आग्रहमा उनी उम्मेदवार बनेका थिए । यसपछि उनी फराकिलाे मतान्तर बनाउँदै पुन: निर्वाचित बनेका हुन् ।

♦ याे पनि:
   असिम राई : राजकीय र दलीय दुवै रूपमा सफल नेतृत्व

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *