असिम राई : राजकीय र दलीय दुवै रूपमा सफल नेतृत्व

'पुन: जनसेवा गर्ने अवसर प्राप्त हुन्छ' 

सोलुखुम्बु । २०७४ सालको पहिलाे स्थानीय तह सदस्यकाे निर्वाचन; एक ३३ वर्षीय ठिटाे टिकट लिएर चुनावी मैदानमा हाेमिन्छ । जनसेवालाई शिराेपर गर्दै चुनावी मैदानमा हाेमिएकाे उसका लागि ‘विजय’काे यात्रा तय गर्न त्यत्ति सजिलाे हुँदैन तर, जनताले उसकै पक्षमा ‘चुनावी फैसला’ सुनाउँछन् । यसपछि ऊ सत्ताकाे चाबी लिएर गाउँपालिका अध्यक्षकाे कुर्सीमा बस्न पुग्छ । यसपछि ऊ एक असल सरकार प्रमुख त बन्छ नै, त्याेसँगै पार्टीपङ्तिकाे एक भराेसायाेग्य नेतृत्व पनि बन्छ ।

०००

असिम राई; जाे पछिल्लाे स्थानीय तह सदस्यकाे निर्वाचनमा साेलुखुम्बुकाे थुलुङ दुधकाेशी गाउँपालिका अध्यक्षमा निर्वाचित बने । नेकपा (माओवादी केन्द्र) काे तर्फबाट अध्यक्षका प्रत्याशी बनेका उनलाई जित्न सहज पटक्कै थिएन । त्यसबेला माओवादी केन्द्र जिल्लाकाे तेस्राे शक्तिमा सीमित थियाे । उनका लागि जित ‘ढुङ्गाकाे चिउरा चपाउनु’झैँ थियाे । तैपनि उनले सफलता हात पारे, आफ्नै चतुर्‍याइँ र जनतासँगकाे सम्बन्धका कारण ।

असिमले त्यसबेला जिल्लाकाे ठूलाे दल नेपाली कांग्रेसभित्रकाे आन्तरिक विवाद र विभाजनकाे फाइदाकाे उपयाेग गरे । फलत: उनी विपक्षी पार्टीका प्रतिस्पर्धीहरूलाई पछार्दै अध्यक्षमा निर्वाचित बने । यसपछि त उनले गरेकै छन्, देखाएकै छन् । यत्तिसम्म कि विपक्षी दलका नेता/कार्यकर्ताहरूले भनेकाे सुनिन्छ—‘सबैभन्दा मन नपर्ने दल माओवादी केन्द्र, सबैभन्दा मन पर्ने नेता असिम राई ।’

सत्ता र पार्टी दुवैतिर सफल

निर्वाचित भएकाे ५ वर्ष बित्दा असिम थुलुङ दुधकाेशीकाे मात्रै नभइ समग्र साेलुखुम्बुकै राजनीतिक तथा सामाजिक अभिभावक बनेका छन् । उनकाे अभिभावकत्व जनताका लागि प्याराे बनेकाे छ । यहीकारण उनमा बूढाबूढी, युवा अनि समग्र पालिका र जिल्लावासीहरूले आफ्नाे भराेसा र भविष्य देख्छन् । थुलुङ दुधकाेशी गाउँपालिका ५ स्थित भीमबहादुर राई भन्छन्, ‘उहाँ (असिम राई) सँग व्यक्तिगत रूपमा भेट भएकाे छ तर, उहाँले मलाई चिन्नुहुन्न हाेला । म भने राम्रै चिन्छु । उहाँ त मलाई कुनै पार्टीकाे मान्छेजस्तै लाग्दैन । गाउँपालिका अध्यक्षजस्ताे मात्रै लाग्छ । किनकि उहाँले राम्राे मात्रै काम गर्नुहुन्छ । जनताकै मात्रै गफ पनि गर्नुहुन्छ । छलफल पनि त्यस्तै मात्रै गर्नुहुन्छ । मलाई त उहाँजस्ताे मान्छे पाएर खुसी छु । फेरि पनि जिताउनुपर्छ ।’

हुन पनि उनले पहिलाे कार्यकाल अर्थात् बितेकाे ५ वर्षभित्रै थुप्रै कामहरू गरेका छन् । काम मात्रै पनि गरेका छैनन् उनले जनजीविकासँग जाेडिएका हरेक कुराहरूमा जनतासँग जाेडिएका छन् । यहीकारण उनी जनताका लागि एक सच्चा नेता बनेका छन् । गाउँपालिकाकाे प्रशासनिक भवन बनाउनेदेखि सुविधासम्पन्न अस्पतालकाे निर्माणसम्म उनले पहिलाे कार्यकालमै गरेका छन् ।

५ वर्षअघि उनी निर्वाचित बनेर जाँदैगर्दा थुलुङ दुधकाेशीमा केही थिएन । भाैतिक विकासकाे त रेखासमेत काेरिएकाे थिएन । तर, अहिले त्यहाँ पुग्ने जाेसुकैले ‘आहा !’ नभनेका हुँदैनन् । अहिले त्यहाँ ५० शैय्याकाे सुविधासम्पन्न अस्पताल, प्रहरी प्रशासन, बैंक तथा वित्तीय प्रशासन, प्राविधिक शिक्षालयलगायतका भाैतिक संरचनाहरू बनेका छन् ।

यी केही प्रतिनिधिमूलक कामहरू मात्रै हुन् । यसबाहेक थुप्रै काम गरेका छन् असिमले । खेलकूद मैदानकाे निर्माण, सुकेपोखरी पर्यटकीय क्षेत्र धारणा र निर्माण, हरेक वडामा विद्यालय र स्वाथ्य चौकी तथा प्रहरी चौकी प्रशासनहरूकाे निर्माण, ईन्टरनेट सुविधाकाे विस्तार, माेटरेबल पुल निर्माणकाे प्रक्रिया प्रारम्भलगायत; यी यावत् कामहरूलाई पनि विकास र जनसेवाकेन्द्रित काम नभन्न कसले सक्छ ?

त्यसाे त उनका सामु विभिन्न खाले चुनाैतीहरू यत्रतत्र थिए नै । तर, चुनाैती र समस्यासँग खेल्न रमाइलाे मान्ने साहसी प्रवृत्तिका उनले यसबीचमा प्रशस्तै जनकेन्द्रित काम गरेका छन् । यसै त मुलुक संघात्मक प्रणालीमा गएपछि भएकाे पहिलाे स्थानीय सदस्य निर्वाचनबाट सरकार प्रमुख बनेका थिए असिम । त्याेबेला स्थानीय ऐनहरू बनेका थिएनन् भने नियमावली अनि निर्देशिकाहरूकै अभाव थियाे । यही बेला उनले पालिकाकाे पक्षमा धेरै कामहरू गरेका हुन् । जबकी अरु स्थानीय सरकार प्रमुखहरूकाे ५ वर्ष ‘ट्रायल’कै रूपमा गएकाे छ ।

उनी राजकीय सत्तामा त सफल नेतृत्व हुन् नै सँगै उनी पार्टीकाे पनि प्रमुख नेता हुन् । उनी अहिले नेकपा (माओवादी केन्द्र), जिल्ला समन्वय समिति संयाेजक छन् । ५ वर्षअगाडि टिकट लिएर चुनाव लडेका उनी अहिले टिकट बाँड्ने हैसियत र ठाउँमा छन् । उनकाे दाबी छ, ‘अहिले हाम्राे पार्टी नेकपा माओवादी केन्द्र जिल्लामै पनि पहिलाे पार्टी हाे ।’

उसाे त उनका आलाेचकहरू पनि नभएका हाेइनन् । खासगरी विपक्षी दलका नेता/कार्यकर्ताहरूले उनलाई मन पराउँदैनन् । कारण याे पनि हाे कि— उनले गाउँपालिकामा गजब काम गरेका छन् । माओवादीले उठाउँदै आएकाे पहिचानकाे मुद्दाकाे कार्यान्वयनमा त उनी चुकेनन् । उनले थुलुङ दुधकाेशी गाउँपालिका नामाकरण गरे ।

अहिले पार्टीपङ्तिकाे भराेसा पनि उनीमाथि नै छ । यपटक उनी पुन: गाउँपालिका अध्यक्षमा नदाेहाेरिने मनसायमा थिए । तर, पार्टीपङ्तिसँगै जनताकाे मागअनुसार उनले पुन: दाेहाेरिने प्रण गरे । ‘खासमा म दाेहाेरिन्नँ भनेकाे थिएँ,’ उनले भनेका छन्, ‘तर फेरि पार्टीका कमरेडहरू र जनताकै स्तरबाट माग भएपछि पुन: दाेहाेरिने निर्णय लिएँ ।’

काममा ‘रणनीति’

असिम काम मात्रै गर्दैनन्, उनी रणनीतिक काम गर्छन् । याे उनले धेरैपटक/धेरैठाउँ देखाइसकेका छन् । यसकाे परपुष्टि थुलुङ राईहरूकाे बाहुल्यता रहेकाे थुलुङ दुधकाेशीमा ज्ञान महायज्ञकाे आयाेजना गरेर पनि गरेका छन् । यसले उनलाई दुईतिर फाइदा गरायाे । एक, उनी खस-आर्य जनताका लागि प्याराे बने । अर्काे, दुधकाेशी सामुदायिक अस्पतालकाे निर्माणमा सहजता आयाे । उनले हरेक कामहरू रणनीतिपूर्ण तवरले गर्छन् ।

त्यसाे त थुलुङ दुधकाेशी गाउँपालिका नामाकरण गर्नेबेला पनि उनकै रणनीतिका कारण सफल रह्याे । यसले माओवादी केन्द्रले उठाउँदै आएकाे पहिचानकाे मुद्दालाई समेट्याे । यसले समग्रमा गाउँपालिकालाई एउटै कसीमा बाँध्याे ।

असिम गाउँपालिका महासंघ प्रदेश नं. १ का काेषाध्यक्षसमेत हुन् । उनले रणनीतिक कदम चाल्दै प्रादेशिक सरकारबाट पनि धेरै याेजनाहरू पार्न सफल भए । तत्कालीन मुख्यमन्त्री शेरधन राई, अर्थमन्त्री ईन्द्र आङ्बाेलगायतलाई साेलुखुम्बुकाे सम्भावना र आवश्यकतालाई बुझाउँदै याेजना तथा कार्यक्रम पार्न सफल उनले त्यसकाे कार्यान्वयनकाे पाटाे पनि कम रणनीतिकचाहिँ छैन ।

यसकै आँटमा उनले रणनीतिक कार्ययाेजनाअनुरूप गाउँपालिकामा प्राविधिक शिक्षालय, दुधकाेशी सामुदायिक अस्पताललगायतका संरचना बनाउन सफल रहे ।

यत्ति मात्रै हाेइन । उनी अर्थमन्त्री नेतृत्वकाे अर्थ समिति सदस्यसमेत बनेका थिए । अर्थमन्त्री जनार्दन शर्माले उनैलाई चुने देशभरका स्थानीय सरकार प्रमुखहरूबाट । जनार्दन शर्मासँगकाे सम्बन्धकाे फाइदा पनि उनले गाउँपालिकाकै लागि उपयाेग गरे ।

‘पुन: जनसेवा गर्ने अवसर प्राप्त हुन्छ’

असिम पुन: थुलुङ दुधकाेशीमा अध्यक्ष पदकाे प्रत्याशी बनेका छन् । त्यसका लागि उनी चुनावी मैदानमै छन् । अहिले घरदैलाेमा कार्यक्रममा व्यस्त उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘याे ५ वर्षमा जे जे गरियाे, नराम्राे गरियाेजस्ताे लाग्दैन । अब पुन: जितेर थप काम गर्ने मनसाय छ । जनताकाे सेवा गर्ने अवसर मिलाेस् भन्ने छ ।’

दुधकाेशी सामुदायिक अस्पतालकाे सञ्चालन, पालिकाभित्रका सडक सञ्जालहरूकाे थप विस्तार, जनकेन्द्रित भाैतिक संरचना निर्माण, नागरिक सेवाकाे अझ सहज पहुँचलगायतका एजेन्डा लिएर पुन: अध्यक्षका प्रत्याशी बनेका उनले थपे, ‘याे दाेस्राे इनिङ्समा पनि सफल हुने र जनताकाे सेवा गर्ने मन छ । हाम जित्छाैँ, त्याे आधार बनाएका छाैँ ।’

माओवादी केन्द्र अहिले जिल्लाकै ठूलाे शक्ति भएकाे दाबी गर्दै उनले भने, ‘पालिका मात्रै नभएर बढी संङ्ख्यामा वडासमेत जितिन्छ । अहिले जिल्लाकै ठूलाे शक्ति हामी हाैँ । अब याे शक्तिलाई जनताकाे सेवा गर्ने ठाउँमा सदुयाेग गर्छाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *