सुदूरपश्चिमका पालिकाले अहिलेसम्म पाउन सकेनन् महिला नेतृत्व, अन्य प्रदेशमा कति ?

काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका पालिकाले अहिलेसम्म महिला नेतृत्व पाउन सकेका छैनन् । बिहीबार मध्यरातसम्मको मतगणना नतिजा हेर्दा अहिलेसम्म त्यहाँ कुनै पनि पालिकाहरूले महिला नेतृत्व पाउन सकेकाे छैनन् । त्यहाँ ७६ पालिकाहरूकाे मतगणना नजिता सार्वजनिक भइसकेकाे छ । तर, कुनै पनि पालिकाहरूमा महिला नेतृत्व निर्वाचित भएका छैनन् ।

यसबाहेकका अन्य ६ प्रदेशहरूका पालिकाहरूमा भने महिला नेतृत्वहरू आएका छन् । मध्यरातसम्म भएकाे मतगणनाकाे नजिताअनुसार प्रदेश १ मा ५, मधेश प्रदेशमा २, बागमतीमा ४, गण्डकीमा ३, लुम्बिनीमा १ र कर्णालीमा २ पालिका प्रमुखमा महिला निर्वाचित भएका हुन् ।

०००

प्रदेश १ अन्तर्गत पर्ने खाेटाङकाे हलेसी तुवाचुङ नगरपालिकामा नेपाली कांग्रेसकी नेतृ विमला राई प्रमुखमा निर्वाचित बनेकी छन् । यस्तै मोरङको कानेपोखरीमा एमालेकी राजमति इङ्नाम निर्वाचित बनेकी छन् भने संखुवासभाको मकालु गाउँपालिकामा आङ्दी छिरीङ शेर्पा निर्वाचित बनेकी छन् ।

उता सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा कांग्रेसकी मिनादेवी कार्कीले बाजी मारेकी छन् ।

मधेश प्रदेशअन्तर्गत पर्ने सप्तरीको सुरुंगा नगरपालिकामा कांग्रेसकी गीता चौधरी प्रमुखमा निर्वाचित बनेकी छन् । यस्तै राैतहटकाे मौलापुर नगरपालिकामा एमालेकी रीनाकुमारी साह प्रमुखमा विजयी भएकी छिन् ।

सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्षमा एमालेकी उम्मेदवार पार्वती सुनुवार वियजी भइन् भने सिन्धुलीकै सुनकोशी गाउँपालिमा माओवादी केन्द्रकी दीपा बाेहाेराे निर्वाचित बनिन् । यस्तै काभ्रेपलाञ्चोकको चौरीदेउरालीमा माओवादीका रेणुका चाैलागाईं आइन् ।

माडी नगरपालिकाको अध्यक्षमा एमाले उम्मेदवार ताराकुमारी काजी महतोले निर्वाचित बनेकी छन् ।

उता कर्णालीको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका मेयरमा एमालेकी उम्मेदवार मोहनमाया भण्डारी वियजी बनिन् । दैलेखको भैरवी गाउँपालिका अध्यक्षमा कांग्रेसकी रीताकुमारी शाही निर्वाचित बनेकी छन् । नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा एमालेका विमला अर्याल आइन् ।

यस्तैगरी गण्डकीमा पर्वतको मोदी गाउँपालि अध्यक्षमा एमालेकी हिरादेवी शर्मा निर्वाचित भइन् । बाग्लुङको वडिगाड गाउँपालिका अध्यक्षमा कांग्रेसकी गण्डकी थापा अधिकारी वियजी बनिन् ।

तर सुदूरपश्चिमका कुनै पनि पालिकाहरूमा महिला नेतृत्व आउन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *