प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा एमाले ‘क्लिन स्वीप’

डडेलधुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा नेकपा एमाले ‘क्लिन स्वीप’ भएको छ।

जिल्लामा कांग्रेस र माओवादी केन्द्र मात्रै विजयी भएका छन्। ०७४ को निर्वाचनमा दुई पालिका जितेको एमाले यसपटक कर्ण मल्ल नेतृत्वको कांग्रेस (विपी)सँग तालमेल गरेर पनि निल भएको छ।

०७४ सालमा पर्शुराम, गन्यापधुरा, भागेश्वर र आलिताल गरी चार पालिका जितेको कांग्रेसले ०७९ मा पाँच पालिकामा जित हात पारेको छ। ०७४ मा जितेको आलिताल भने यसपटक गुमाएको छ। ०७४ मा पराजित भएको नवदुर्गा र अमरगढीमा भने जित निकालेको छ।

आलिताल र अजयमेरुमा माओवादी केन्द्रका उम्मेदवार अध्यक्षमा विजयी भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *