ज्वाइँलाई हराउँदै जेठान बने मध्यपुर थिमिको मेयर

काठमाडाैँ । भक्तपुरकाे मध्यपुर थिमि नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मध्यपुर थिमिकाे मेयरमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका हुन् ।

सुरेन्द्र श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वी निवर्तमान मेयर एवम् एमालेका उम्मेदवार मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतले पराजित गरेका छन् । सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरे भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा विजय श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गरे । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तरा नेपाललाई ३ हजार १३९ मतले पराजित गरे । नेपालले ८९६३ मत पाएकी छन् । सुरेन्द्र श्रेष्ठले आफ्ना ज्वाइँ मदनसुन्दर श्रेष्ठलाई हराएर मेयर बनेका हुन् ।

प्रतिक्रिया

One thought on “ज्वाइँलाई हराउँदै जेठान बने मध्यपुर थिमिको मेयर

Leave a Reply

Your email address will not be published. Required fields are marked *