‘हल्का झापड दिएपछि थचक्क मेचमा बसेछ नि त!’ -सांसद बिडारी

काठमाडौँ । माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभाका सांसद राम नारायण बिडारीले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा प्रतिपक्षी दल नेकपा एमालेलाई इङ्गित गर्दै व्यङ्ग्य गरेका छन्।

आफूले पार्टीबाट कारबाही गरी निकालेकालाई संसदबाट ननिकालिएको, राष्ट्रको हितमा नरहेको एमसीसी परियोजनालाई पास गर्न लागिएको जस्ता विषयलाई लिएर चुनावअघि नेकपा एमालेले निरन्तर संसद अवरोध गरेको प्रसंगलाई लिएर सांसद बिडारीले चुनावमा गठबन्धनभन्दा पछि परिरहेको प्रतिपक्षी एमालेमाथि व्यङ्ग्य प्रहार गरेका हुन्।

सांसद बिडारीले लेखेका छन्, ‘आठ महिना संसदमा उठेर अवरोध गर्नेलाई चुनावमा हल्का झापड दिएपछि थचक्क मेचमा बसेछ नि त!’

सांसद बिडारीले लेखेको फेसबुक स्टाटसः

No description available.

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *