विराटनगरमा गठबन्धन : कांग्रेसले मतान्तर बढायो, जसपालाई आफ्नै वडामा धोका

विराटनगर । विराटनगर महानगरपालिकामा अहिलेसम्म एमालेले अग्रता काम गर्न सकेन।

नेपाली कांग्रेसले अग्रतालाई निरन्तर कायम राखेको छ। नेपाली कांग्रेसका नागेश कोइरालाले १०३६३ मत कटाउँदा नेकपा एमालेका सागर थापाले ७८८२ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवको लालटिनले ३३६१ मत प्राप्त गरेको छ।

उपमेयरका लागि गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले पनि अहिलेसम्म अग्रता लिन सकेका छैनन्। नेकपा एमालेको शिल्पा निराला कार्कीले ८९९३ मत ल्याउँदा गठबन्धनका उम्मेदवार यादवले ५६१८ मत प्राप्त गरेका छन्। पछिल्लो मत परिणाम अनुसार गठबन्धनका उपमेयरका उम्मेदवार यादवलाई एमालेकी उम्मेदवार कार्कीले ३३७५ मतले पछि पारेकी छन्। राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले २५७५ मत प्राप्त गरेकी छिन्।

विराटनगर महानगरपालिकामा केन्द्रीय गठबन्धन अनुसार माओवादी केन्द्र, एकिकृत समाजवादी, जसपा र कांग्रेसबीचको गठबन्धनको साझा उम्मेदवारका रूपमा अघि सारेको नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोइराला र जसपाको उपमेयरका उम्मेदवार अमरेन्द्र यादवलाई सघाएर जाने निर्णय भएको थियो।

अहिले मत गणना भइरहेको वडा नं १४ मा पनि जसपाको उम्मेदवारलाई कम भोट आइरहेको छ। यादवको भोट बैंक भनेर चिनिएको विराटनगर १४ जतुवाको मत पनि एमालेकी कार्कीलाई नै गएको देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *