के ६ वटै महानगर हार्दैछ एमाले ?

काठमाडौँ । जारी मतगणनामा नतिजा सार्वजनिक हुने क्रम पनि निरन्तर छ ।

देशैभरकाे मतपरिणाम हेर्दा यसपटककाे स्थानीय चुनाव सत्तारूढ दल नेपाली कांग्रेसकाे पाेल्टामा गएकाे देखिएकाे छ ।

याे सामग्री तयार पार्दासम्म देशभरका झण्डै १५० भन्दा बढी पालिकामा नेपाली कांग्रेसले नेतृत्व जितेकाे छ भने १५७ वटा पालिकामा अग्रता हासिल गरेकाे छ । त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशभरबाट १०० पालिकाकाे नेतृत्व प्राप्त गरेकाे छ । प्राप्त पछिल्लाे तथ्यांकअनुसार एमाले देशैभरका ९३ वटा पालिकामा अगाडि छ ।

नेपाली कांग्रेससँगै गठबन्धनमा रहेकाे नेकपा माओवादी केन्द्रले ७५ वटा पालिकाकाे नेतृत्वमा जित निकालेकाे छ भने ४२ वटामा लिड गरिरहेकाे छ ।

गठबन्धनमै रहेकाे अर्काे दल नेकपा एकीकृत समाजवादीले देशभरबाट ४ वटा पालिकाकाे नेतृत्व जितेकाे छ । त्यस्तै समाजवादी १५ वटा पालिकामा लिड गरिरहेकाे छ ।

प्राप्त तथ्यांकअनुसार गठबन्धनका अन्य दलहरूले पनि प्रभाव रहेका क्षेत्रमा जित हासिल गरेकाे देखिन्छ ।

जारी मतगणनामा महानगरकाे गणना बहुप्रतिक्षित छ । ६ वटा महानगरमध्ये अहिले कुनैपनि महानगरकाे मतगणना कार्य सम्पन्न भएकाे छैन । संघीय राजधानी रहेकाे काठमाडाैँ महानगरकाे जारी मतगणना हेर्या यहाँ स्वतन्त्र उम्मेदवारकाे दबदबा देखिएकाे छ ।

काठमाडाैँ महानगरपालिकाका स्वतन्त्रतर्फका उम्मेदवार बालेन्द्र शाह अहिलेसम्मकाे मतगणनाकाे शीर्ष स्थानमा रहेकाे देखिन्छ । उनी दलीय उम्मेदवार त्यसका निटकतम उम्मेदवारभन्दा झण्डै दाेब्बर मतका साथ अगाडि छन् ।

काठमाडाैँमा नेकपा एमालेले पुराना र विकासवादी मेयर कहिलिएका केशव स्थापितलाई चुनाव खडा गरेकाे थियाे । चामत्कारिक मत परिणाम आउने अपेक्षा गरिएका स्थापितले अपेक्षाकृत मत ल्याउन नसक्दा एमालेले काठमाडाैँ महानगर गुमाउँछ कि भन्ने परिरहेकाे छ । यसअघि याे महानगरमा एमालेबाट विद्यासुन्दर शाक्यले जितेका थिए ।

प्राप्त पछिल्लाे अध्यावधिअनुसार काठमाडाैँमा एमालेका उम्मेदवार स्थापित स्वतन्त्र उम्मेदवार शाहभन्दा ५३१६ मतले पछाडि छन् ।

त्यस्तै, मधेस प्रदेशकाे एकमात्र महानगर वीरगञ्जकाे मतपरिणाम पनि एमालेका लागि उत्साहप्रद छैन । त्यहाँ एमालेले जनता समाजवादी पार्टी (जसपा) त्यागी आएका निवर्तमान मेयर विजय सरावगीलाई पार्टी प्रवेश गराई उम्मेदवार बनाएकाे थियाे । उनी पछिल्लाे मत परिणामअनुसार गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान सिंहभन्दा पछाडि छन् । प्राप्त पछिल्लाे तथ्यांकअनुसार सिंहले ८४७५ मत प्राप्त गरी शीर्ष स्थान बनाएका छन् भने सरावगीकाे ३८१६ मत रहेकाे छ ।

उता विराटनगरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश काेइरालाले लिड गरिरहेका छन् । त्यहाँ एमालेका सागरकुमार थापाले उनलाई पछ्याइरहेका छन् । काेइरालाकाे ९८८२ मत छ भने थापाले ७६३० मत प्राप्त गरेका छन् ।

पाेखरा महानगरकाे मेयरमा पनि गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । गठबन्धबाट एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्य १०९३९ मतका साथ शीर्ष स्थानमा रहेका छन् भने एमालेका कृष्णबहादुर थापाले ९४०५ प्राप्त गरेका छन् ।

विगतदेखि चर्चित रहेकाे चितवन महानगरमा पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्र नेतृ रेनु दाहालले ६७९४ मतका साथ अग्रता हासिल गरेकी छन् भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदी ६५४८ मतका साथ दाहाललाई पछ्याइरहेका छन् ।

उपत्यकाकै अर्काे महानगर ललितपुर महानगरमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ८५३४ मतसहित शीर्षमा छन् । त्यस्तै एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ३७८५ मत प्राप्त गरेका छन् ।

यसरी देशैभरका महानगरकाे रुझान हेर्दा एमालेभन्दा गठबन्धन दल वा स्वतन्त्र उम्मेदवार प्रभावशाली देखिएका छन् । तथ्यांकअनुसार नेकपा एमाले सबै महानगरमा दाेस्राे स्थानमा देखिएकाे छ । धेरै महानगरमा गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारबीचकाे मतान्तर ठूलाे छ, जुन निरन्तर रूपमा बढ्दै गइरहेकाे छ ।

नेपाली कांग्रेसकाे मूल क्षेत्र मानिने विराटनगरमा कांग्रेसका नागेश काेइरालाले मतान्तर बढाउँदै लगेका छन् । यता, वीरगञ्जमा पनि गठबन्धनका उम्मेदवार सिंह र एमालेका उम्मेदवार सरावगीकाे मतान्तर ठूलाे छ ।

त्यस्तै, पाेखरामा एमालेबाट टुक्रिएर गएकाे एकीकृत समाजवादीले एमालेलाई दाेस्राे स्थानमा झारिदिएकाे छ । त्यस्तै, पाेखरा एमालेमा अन्तर्घातकाे विषय पनि प्रकाशमा आएकाे छ । मकालुखबरले पाेखरा एमालेमा भएकाे अन्तर्घात सम्बन्ध अडिओ सार्वजनिक गरेकाे थियाे ।

याे पनि: पोखरामा कृष्ण थापालाई हराउन एमालेकै नेता कार्यकर्ता सक्रिय, बाहिरियाे अडिओ

त्यस्तै, चितवनमा एमाले र गठबन्धनका उम्मेवारबीच कडा प्रतिस्पर्धा र उछिनपाछिन चलिरहेकाेमा अहिले गठबन्धनका उम्मेदवारले एमालेका उम्मेदवारलाई पछाडि पारेका छन् । गठबन्धनका उम्मेदवारले मतान्तर बढाउँदै लगेकाे सन्दर्भमा त्यहाँ पनि नेकपा एमालेले हार्ने त हैन भन्ने आशंका व्यक्त हुन थालेका छन् ।

काठमाडाैँमा नेकपा एमालेका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले पछि पारेका छन् । काठमाडाैँकाे काेर सिटीबाट मतान्तर घट्ने आशमा रहेकाे एमालेले काेर भाेट अन्य पार्टीका नेताहरूमा पनि बाँडिन्छ भन्नेतिरचाहिँ विचार्न भ्याएकाे छैन ।

त्यस्तै, ललितपुर महानगरमा पनि नेपाली कांग्रेसले मतान्तर बढाउँदै लगेकाे छ । ललितपुरका पुराना र प्रभावशाली नेता/मेयर महर्जनसँग एमाले नटिक्ने विश्लेषण हुँदै आएकाेमा नतिजा पनि त्यसैतर्फ जाँदै गरेकाे देखिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *