पोखरामा कृष्ण थापालाई हराउन एमालेकै नेता कार्यकर्ता सक्रिय, बाहिरियाे अडिओ

पोखरा । पोखरामा अहिले एकाएक एउटा अडियो सार्वजनिक भएको छ । गुटगत राजनीतिले गाँजेको पोखरामा खगराज अधिकारी गुटका कृष्ण थापाले मेयरको टिकट पाएका छन् ।

यसअघि पृथ्वीसुब्बा गुरुङ गुटका दीपक पौडेलले टिकट पाएकोमा सुन चोरेको आरोप लगाउँदै उनलाई विवादित बनाएर सांसदबाट राजीनामा गराएर थापालाई टिकट दिइएको हो । त्यसपछि गुरुङ गुटका केही नेता कार्यकर्ता उनलाई हराउन कम्मर कसेर लागेको बुझिएको छ ।

एउटा अडियो अहिले छ्यापछ्याप्ती भएको छ । पृथ्वीसुब्बा निकट रहेका राजीव पहारीका पिएसमेत रहेका मनोज पहारीले विपक्षी एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यका भतिजसँग गरेको कुराकानी बाहिरिएको हो । उनले जुनसुकै हालतमा थापालाई हराउने गरी अभिव्यक्ति दिएका र यसमा पिएस गुटले समर्थन गर्ने बताएका छन् ।

यस्तो छ वार्तालाप
व्यक्ति १ (धनराजका भतिज भनिएका) : धनराज मेरा अंकल हुन् । राजनीतिक रुपमा जे भएपनि कांग्रेससँग मिले । बोल्न पनि मिलेन । हाम्रो युवा क्लबले उहाँलाई सहयोग गर्छौं । त्यसको लागि पैसा माग्नुपर्यो । मैले सीधै पैसा लेउ भन्न मिलेन ।

व्यक्ति २: (सांसद राजीव पहारीका पिए): व्यावसायिक हिसाबले एउटै हो । म कुरा गर्न सक्छु ।

१ः राजीव दाइले कुरा गर्नु हुन्छ त ? हामीले भन्दा दाइले कुरा गरिदिए सजिलो हुन्छ ।

२ः ३३ बाट कति भोट काट्न सकिन्छ रु म कुरा भोलि गर्छु ।

१ः २ सय भोट प्रभाव पर्छ । ७० जना हाम्रै भोट छ । डेढ सय भोट यताउति गर्दा २ सय २० जति पुग्छ ।

२ः पैसाको कुरा पनि गर्छु । हाम्रा पछाडि

१ः पैसाका कुरामा मेरा नाम आउनै हुँदैन । नत्र बर्बाद हुन्छ । कोर एमालेका २ सय भोट आउँछ भन्नुपर्यो ।

२ः मलाई त डर छैन । कारबाही गरेपनि केही फरक छैन । पिएसले गर्नुहुन्न, पद्याले गर्नुहुन्न, कास्की जिल्लाको अध्यक्ष र इन्चार्जले गर्नुहुन्न । त्यो भएपछि मलाई केही फरकै पर्दैन । अरु मान्छे भए त हामीले विषय पनि उठाउँथेनउ । अपराधीलाई पार्टीले प्रोत्साहन गरिदियो, हामी कार्यकर्ताले आची खान भएन । धेरै पहिलेदेखि चिनेको मान्छे, ३२ सालदेखि । कृष्ण थापा सत्तामा गएर पनि काम नगर्ने हो । यसलाई सजाएँ दिने बेला यही हो भनेर लागेको छु । २१ मा डेढ दुईसय भोट काट्छु । २४ मा २ सय काट्छ । १९ ले खुलेर हिडेपनि सहयोग गर्दैनन् ।
इश्वर पोखरेललाई त मैले लिएर गएको हुँ, दीपकलाई भेट्न । त्यहाँबाट कत्ति भोट आउँदैन । उसको (थापा) आफ्नै वडाबाट आउँदैन । अरुमा त कांग्रेस पनि बलियो छ । सबैतिरबाट धनराज सरलाई जसरी चुनाव जिताउने भनेर लागेका छौं । कृष्ण थापालाई हराउन बेस्सरी लागेको छु । कसैले रोकेर पनि रोकिन्नँ ।

१ः तिमीले यसरी काम गर्दा राजीव पहारीलाई अप्ठेरो पर्न भएन ।

२ः अप्ठेरो पर्दैन । हामी वडा कमजोर छैन, जित्छौं । मेयर मात्रै हार्ने हो । यसरी मेयर मात्रै हार्दा क्याण्डिडेट राम्रो नभएर हारेको भन्ने बुझ्छन् । यसले नचिढाएको कसलाई छ र रु दलितले भोट हाल्दैनन् । उसले हार्दा पार्टीलाई पनि अप्ठेरो पर्दैन, हामीलाई पनि अप्ठेरो पर्दैन ।

अवैध जन्मिएको पार्टीबाट उम्मेदवार हुनुभो । धनराज सरलाई सपोर्ट गर्ने एमालेलाई नै हो । व्यवसायिक मान्छेपनि मेयरमा आउँदा राम्रो हुन्छ । भुगोलको मान्छे, राजनीतिक मान्छे भनेर हो । म आफैँलाई माग्ने होइन । मैले पनि कुरा मिलाएरै गर्नुपर्छ ।

१ः कसले कुरा गर्छ त ?

२ः म मेरा मान्छे छन् भनेर कुरा गर्छु नि दाइ । जे गरेपनि कृष्ण थापालाई त हराउनुपर्यो नि ।

१ः यसले राजीवलाई असर नगरोस् मेरो कुरा त्यत्ति हो । हामी व्यवसाय गर्ने हो, राजीव दाइ त राजनीति गर्ने मान्छे हो ।

२ः कृष्ण थापाको त अन्तिम हो नि, ६४ वर्ष भैसक्यो । राजीव दाइलाई अप्ठेरो नपर्ने गरी काम गर्ने हो । थाहा त खगे चोरलाई नि थाहा छ, थापा काजीलाई नि थाहा छ, मनोजले असहयोग गर्छ भनेर ।

१ः मनोजले बोल्यो भन्दा नि राजीव बोल्यो भन्ने पर्छ है । ख्याल गर्नु ।

२ः राजीव दाइको निकट भन्दा नि व्यवसायिक हिसावले सम्बन्ध छ नि । पहिले नै चिनजान मान्छे हो नि । बरु राजीव दाइपछि चिनेको हो । कृष्ण थापाले चुनाव हारे त जसरी नि दोष लाउने त राजीव दाइलाई हो, पृथ्वीसुब्बालाई हो, माधव बास्तोलालाई हो, भीम कार्कीलाई हो, मनबहादुर गुरुङलाई हो । कुरा त क्लियर नै छ ।

१ः कृष्ण थापाले चुनाव जित्छन् कि जित्दैनन् ?

२ः कृष्ण थापाले चुनाव कुनै हालतमा जित्दैनन् । नचिढ्याएको मान्छे कोही छैन । आफ्नो क्षेत्र छोड्यो भन्ने छ, २ (ख) मा । २ (क) मा यसले धोका दियो भन्ने छ । भाषण पनि ढाँटेको रहेछ, सांसद हुँदा काम गरेन । ०३२ सालदेखि कोही मान्छे रहेनछन् कि पार्टीमा भन्ने छ । दलितका भोट सबै काटिन्छ, क्रिमिनल बाटोबाट दीपकको टिकट खोस्यो । लेखनाथमा हाम्रो पार्टीबाट उपमेयर छैनन्, गठबन्धनले उपमेयर त दिएको छ नि । कृष्ण थापा हार्ने आधार धेरै छन् ।

१ः राजीव दाइको कत्तिको साथ र सहयोग छ ?

२ः यो कुरा म भेटेर गर्छु । यो कुरामा सिरियस लाग्नु है, अपराधीलाई असहयोग गर्नुपर्छ । अनि सुन्नु त, धनराज सर मेयर हुनका लागि उता जानुभएको हो । उहाँको मेयर बन्ने एम नै हो । कृष्ण थापा पुर्व मेयर हुम भनेर अहिले पनि पोखरा काठमाडौं प्लेन खर्च उले (महानगर) गर्छ के । धनराज सर त पोखरा बनाउन भनेर आउनुभएको हो । यिनिहरूको उद्देश्य ७ अर्ब देखेको छ, झिलिमिली । श्रोत दुरुपयोग गरमला, विदेश घुमुम्ला र रमाम्ला भनेको छ ।

गोप्य कुरा भन्दिन्छु, अख्तियारले छापा हान्यो भने सबैभन्दा धेरै भ्रष्टाचार रुपामा छ । नवराजलाई थाहा छैन, खगेले त्यस्तो गरेको छ । खगेले मेयर पोखरामा कृष्ण थापालाई बनाम्ला, भोली मुख्यमन्त्री आफु हुम्ला । सत्तामा भएपछि ११ जिल्लाका मान्छे पछि लाग्छन् । पिएसलाई सिध्याम्ला भन्ने उद्देश्य छ । धनराज सरको त एम हो नि । त्यो भएर सबेलाई यसरी बुझाएर हिडेको छु, कृष्ण थापालाई जसरी नि हराउने हो । दुई दिन सुतिन्न ।

अडिओ मकालुखबरसँग सुरक्षित छ ।

प्रतिक्रिया

One thought on “पोखरामा कृष्ण थापालाई हराउन एमालेकै नेता कार्यकर्ता सक्रिय, बाहिरियाे अडिओ

Leave a Reply

Your email address will not be published. Required fields are marked *