लिम्बू कथानक चलचित्र ‘सुनौली-रुपौली’ निर्माण हुने

पाँचथर । लिम्बू जातिको सुनौलो रुपौली संस्कारमा आधारित लिम्बू कथानक चलचित्र ‘सुनौली रुपौली’ निर्माण हुने भएको छ । चलचित्रको निर्माण युनिट अहिले लोकेशन हन्टिङमा जुटेको छ ।

चलचित्र छायांकनको लागि पान्थरस्थित याङ्वरक ओयेम, साम्माङ्घु, चरिभन्ज्याङ, सुम्हारुलुङ, नाम्फुनयक, तिल्लिजङ, साधुटार लगायतका ठाउँको अध्ययन अवलोकन भइरहेको उक्त चलचित्रका लागि निर्देशक हाङ चेम्जोङ्ले बताए ।

सागर केरुङ्को लेखन रहेको चलचित्रलाई भीम तुम्बाहाम्फे, पुर्ण सेलिङ र हाङ चेम्जोङ्को संयुक्त लगानीमा निर्माण गर्न लागिएको हो । हरेक माइतीहरूले आफ्नो चेलीकाे सुरक्षाको निम्ती माइती पक्षले लिइने रितलाई सुनौली रुपौली भनिन्छ । यिनै विषयमा चलचित्रको विषयवस्तु रहेको लेखक केरुङ्ले बताए ।

याक्थुङ फिल्मस् प्रालिले निर्माण गर्न लागेकाे चलचित्रमा उपयुक्त कलाकारको छनौट भइरहेको निर्माण पक्षले जनाएको छ । सोमबार लोकेशन हन्टिङ सकिएको चलचित्रको आगामी असोजबाट छायांकन सुरु हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 4 =