अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी

काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पाणिनी गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार टेकराज न्यौपाने विजय भएका हुन् ।

उनले ७ हजार ७ सय ४९ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार अच्युत गौतमलाई ७२१ मतान्तरले पराजित गरेका हुन् ।

उपाध्यक्षमा एमालेकी नर्मदा गौतम (पौडेल) विजयी भएकी छन् । उनले ७ हजार ६ सय ६१ मत ल्याएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी गौतमले ७ हजार ३८ मत ल्याएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − one =