काठमाडौँमा ८७८१ मतसहित बालेन शाह शीर्ष स्थानमा (पछिल्लो मतपरिणामसहित)

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बालेनले फराकिलो मतान्तरका साथ अग्रता कायम राखेका छन्।

महानगरमा नेपाली कांग्रेसकी सिर्जना सिंहलाई मेयरमा ३९८० मत प्राप्त भएको छ भने नेकपा एमालेका केशव स्थापितलाई हालसम्म ४६९९ मत प्राप्त भएको छ। स्थापित राजनीतिक दलका दुवै उम्मेदवारलाई फराकिलो मतान्तरले पछाडि छोड्दै स्वतन्त्र उम्मेदवार बालेन शाह भने ८७८१ मतसहित शीर्ष स्थानमा छन्।

शाहले निकटतम प्रतिद्वन्द्वी एमालेका स्थापितसँग ४०८२ को मतान्तर बनाएका छन् भने कांग्रेसकी सिंहसँग ४८०१ को मतान्तर बनाएका हुन्।

मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *