धनकुटा पाख्रिबासको प्रमुखमा नेपाली कांग्रेस विजयी

काठमाडौँ । धनकुटाको पाख्रिबास नगरपाालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ।

नगरपालिकाको मेयरमा कांग्रेसका ज्ञानबहादुर गुरुङले ५ हजार ४९८ मतसहित नेकपा एमालेका प्रतिस्पर्धी उम्मेदवार भीमबहादुर राईलाई पछि पारेका हुन्। एमालेका राईले भने ५ हजार ५३ मत पाएका छन्।

त्यस्तै, उपमेयरमा भने नेकपा एमाले अगाडि देखिएको छ। एमालेकी नम्रता गौतमले उपमेयरमा ५ हजार ६२ मतसहित नेकपा माओवादीका उम्मेदवार ओमप्रकाश निरौलालाई हराएकी हुन्। निरौलाले ४ हजार ६४१ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *