भरतपुर महानगरमा रेनु दाहालको अग्रता

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा १६,१३३ गणना हुँदा रेनु दाहालले अग्रता लिएकी छन्।

मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले ५३८२ मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याउँदै नेकपा एमालेका विजय सुवेदीले ५३६७ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५७७ मत पाएका छन्।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ६५०४ मतसहित अगाडि छन्। अधिकारीलाई राप्रपाकी हिमला गुरुङले ४३४५ मतसहित पछ्याइरहेकी छन्।

मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *