विराटनगरमा कांग्रेसको अग्रता कायम, उपमेयरमा बढ्दो मतान्तर

विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रतालाई कायम राखेको छ।

मुख्यनिर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका नागेश कोइरालाले ६३४३ मत ल्याउँदा नेकपा एमालेका सागर थापाले ४८३३ मत प्राप्त गरेका छन्। कोइरालासँग थापाको मतान्तर बढेर १५१० पुगेको छ। त्यस्तै, स्वतन्त्र उम्मेदवार उमेश यादवको लालटिनले २०३१ मत प्राप्त गरेका छन्।

उपमेयर पदका लागि नेकपा एमालेकी शिल्पा निराला कार्कीले ५४९८ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ३५७७ मत प्राप्त गरेका छन्। पछिल्लो मत परिणाम अनुसार गठबन्धनका उपमेयरका उम्मेदवार यादवभन्दा एमालेकी कार्कीले १९२१ मतले अग्रता लिएकी छन्।

त्यस्तै, उपमेयरमै राप्रपाकी विन्दाकुमारी लुईटेलले १४११ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *