चन्द्रागिरीमा कांग्रेसका गिरीको अग्रता

काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले अग्रता लिएका छन्।

आज १३ हजार ३४२ मतगणना हुँदा कांग्रेसका उम्मेदवार गिरीले ६ हजार ३१५ मत ल्याई अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले चार हजार ५१६ मत प्राप्त गरेको निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिए।

यस्तै, उपप्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ। एमालेका उम्मेदवार वसन्ती श्रेष्ठले पाँच हजार १९१ मत प्राप्त गरेको छ भने गठबन्धनका उम्मेदवार रोशन दानीले एक हजार ४८७ मत प्राप्त गरेका छन्।

हालसम्म चन्द्रागिरीका पाँचवटा वडाको मतगणना सम्पन्न भइसकेको निर्वाचन अधिकृत थपलियाले बताए। जम्मा गणना भएकामध्ये नगरप्रमुखमा एक हजार ५४१ र उपप्रमुखमा चार हजार ५८१ मत बदर भएको निर्वाचन कार्यालय चन्द्रागिरीले जनाएको छ। कूल १५ वडा रहेको चन्द्रागिरीमा कूल ४७ हजार २६४ मतदाता रहेकोमा यो स्थानीय तहको निर्वाचनमा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन अधिकृत थपलियाले बताए।

चन्द्रागिरी काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *