प्रधानमन्त्रीद्वयबीच सहमति; लुम्बिनी र कुशिनगरबीच नेपाल-भारत भगिनी सम्बन्ध बनाइने

काठमाडौँ । आज सोमबार बुद्धजयन्तीको अवसरमा नेपालको पावन क्षेत्र लुम्बिनी दर्शनका लागि भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदी नेपाल आएका छन्।

प्रधानमन्त्री मोदीलाई नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, देउवापत्नी आरजु राणा देउवा लगायतले स्वागत गरेका हुन्। भेटका अवसरमा प्रधानमन्त्रीद्वय मोदी र देउवाबीच नेपाल र भारतबीच भगिनी सम्बन्ध स्थापना गर्ने सैद्धान्तिक सहमति भएको छ। गौतमबुद्धको जन्मभूमि रहेको नेपालको लुम्बिनी र भारतको कुशिनगरबीच भगिनी सम्बन्धन स्थापना गर्ने सैद्धान्तिक सहमति हो।

परराष्ट्र मन्त्रालयले जनाएको छ, ‘लुम्बिनी र कुशिनगरबीच भगिनी सम्बन्ध स्थापना गर्न दुवै पक्ष सैद्धान्तिक रूपमा सहमत भएका छन्।आवश्यक प्रक्रिया सम्बन्धित स्थानीय निकायहरूमार्फत् समयैमा नै अघि बढाइनेछ।’ लुम्बिनीको मायादेवी मन्दिरमा दुवै देशका प्रधानमन्त्रीको संयुक्त पूजा गर्ने कार्यक्रम सकिएपछि दुई देशका प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता भएको हो।

भारतीय वायुसेनाको विशेष हेलिकप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी आइपुगेका मोदी आजै भारत फर्किनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *