विराटनगरमा फराकिलो मतान्तरले कांग्रेसको अग्रता

विराटनगर । विराटनगर महानगरपालिकामा १०५२५ मत गणना हुँदा नेपाली कांग्रेसले ९३१ मतान्ततरले अग्रता कायम राखेको छ।

मुख्यनिर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका नागेश कोइरालाले ३२७८ मत ल्याउँदा नेकपा एमालेका सागर थापाले २३४७ मत प्राप्त गरेका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार उमेश यादवले लालटिन चिह्नमा ११७९ मत प्राप्त गरेको छ। उपमेयरमा नेकपा एमालेको शिल्पा कार्कीले २७०६ मत ल्याउँदा गठबन्धनका उम्मेददवार जसपाका अमरेन्द्र यादवले १७९९ मत प्राप्त गरे।

साथै, राप्रपाकी विन्दाकुमारी लुइँटेलले ७७३ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *