कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसको अग्रता

काठमाडौँ । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले अग्रता लिएका छन्।

कांग्रेस उम्मेदवार नकर्मीले दुई हजार ६२० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशरत्न बज्रचार्यले एक हजार ६०५ मत प्राप्त गरेका छन्। उपप्रमुखमा जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले दुई हजार ४१५ प्राप्त गरेका छन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले दुई हजार ३०३ मत प्राप्त गरेकी छन्।

त्यस्तै, दश वडा रहेको उक्त नगरपालिका–१ मा कांग्रेसका हिरालाल महर्जन ७७८ मत ल्याएर निर्वाचित भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ५८२ मत प्राप्त गरेँ। वडा नं २ मा कांग्रेसका रुपेश महर्जनले ८८६ मत प्राप्त गरेर विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी एमालेका रमेशमान डङ्गोलले ६९७ मत प्राप्त गरे।

वडा नं ३ मा कांग्रेसका सुविन्द्र महर्जनले ९८८ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी एमालेका राजेन्द्र महर्जनले ८२२ मत प्राप्त गरे। अन्य वडाको मतगणना जारी छ। कुल तीस हजार ३२८ मतदाता भएको उक्त नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *