उदयपुरका मुख्य निर्वाचन अधिकृतद्वारा राजीनामा; कटारी र त्रियुगामा मतगणना हुन सकेन

विराटनगर । उदयपुरका मुख्य निर्वाचन अधिकृतले राजीनामा दिएका छन्।

स्वास्थ्यमा समस्या देखाउँदै मुख्य निर्वाचन अधिकृत पदबाट राजीनामा दिएका हुन्। निर्वाचन आयोगले उदयपुरको मुख्य निर्वाचन अधिकृत दीपक खनाललाई तोकेको थियो। खनालको राजीनामा निर्वाचन आयोगको कार्यालयमा पठाइएको भएपनि त्यसको निर्णय आइनसकेको सहायक निर्वाचन अधिकृत दिलीप मगरले जानकारी दिए।

उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिकामा अझै मत गणना हुन सकेको छैन। कटारी नगरपालिका १० मा रहेको कालिका मावि मतदान केन्द्रमा बुथ कब्जा गर्न खोज्ने समूहलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको थियो भने एकजना घाइते छन्। त्यहाँको मतपत्र अझै कटारी आउन सकेको छैन।

त्यस्तै, त्रियुगा नगरपालिका १२ को मतदान केन्द्रमा मतदान अधिकृतले मनपरी गरेको भन्दै उम्मेदवारले विरोध गरेपछि मतदान हुँदा हुँदै रोकिएको थियो। उदयपुरका ८ पालिका मध्ये ६ वटा पालिकामा मत गणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *