चेल्सीलाई हराउँदै लिभरपुल एफए कप च्याम्पियन

काठमाडौँ । लिभरपुलले एफए कपको उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा लिभरपुलले पेनाल्टी सुटआउटमा चेल्सीलाई ६-५ गोलले पराजित गर्दै एफए कपको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र अतिरक्त ३० मिनेटको खेलमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो ।

योसँगै लिभरपुलले आठौ पटक एफए कपको उपाधि जितेको छ । एफए कपको उपाधि सबैभन्दा बढी पटक आर्सनलले १४ पटक जितेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडले १२ पटक र चेल्सी र टोटनह्यामले पनि ८-८ पटक यो उपाधि जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *